पोखरामा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

पाेखरा | फागुन २४, २०७९

पोखरामा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

पोखरा:  विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार पोखरामा मनाइएको छ ।


नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा सभागृहबाट सुरू भएको प्रभातफेरी सहिदचोकस्थित मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो ।


¥यालीमा सहभागीहरूले ‘सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, ‘समृद्ध नेपालका लागि महिला साक्षारता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए ।


¥यायालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोपिला नेपाल, थ्री एन्जल्स नेपाल, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द,गैरसरकारी सस्था महासंघ ,सामाजिक बिकास तथा स्वास्थ मन्त्रालय ,महिला मानव अधिकार रक्षक सजाल,पत्रकार महासंघ कास्की  लगायत विभिन्न संघ संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव घनश्याम पौडेल, कार्यालय प्रमुख इन्द्रबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, राष्ट्रिय मानवअधिकार आयोगका मोहन काफ्ले, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले नारालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै दूरदराजका महिलालाई मूलधारमा ल्याउनुपर्ने उनीहरूको भनाइ थियो ।


दिवसमा विभिन्न कार्यक्रम गरेपनि महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा भने कमी आउन सकेको छैन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको जनाएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।


सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्